अभिनेता सलमान खानका कारण चर्चामा अभिनेत्री सोमी अली

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली यतिबेला अभिनेता सलमान खानका कारण चर्चामा छिन् । उनी सन् १९९१ मा सलमानसँग विवाह गर्न भनेर अमेरिकाबाट मुम्बई आएकी थिइन् । यो समयमा उनको उमेर १६ वर्षको थियो । मुम्बई आएपछि उनी सलमानसँग नजिकमात्र भइनन्, उनले अभिनय पनि गरिन् । तर उनीहरुले अभिनय गरेको त्यो फिल्म रिलिज हुन सकेन । त्यो समयमा उनीहरुबीचको सम्बन्धले राम्रै चर्चा पाएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘मैले १६ वर्षको उमेरमा सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरेको थिएँ । त्यो फिल्म हेरेपछि मैले यही केटासँग विवाह गर्छु भनेर निर्णय लिएँ’, उनले भनेकी छन्, ‘मैले आमासँग भोलि भारत जाँदैछु भनें । आमासँग निकै जिद्दी गरें । मुम्बईमा हाम्रो एक नातेदार थिए । मैले उनीलाई भेट्न र ताजमहल हेर्ने बहाना बनाएर भारत जानका लागि आमाबाबुलाई मनाएँ । म पाकिस्तानमा केही दिन बसेपछि मुम्बई गएँ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मुम्बई आएपछि उनले फोटोग्राफर राजाध्यक्षसँग आफ्नो फोटोसुट गराइन् र प्रोडक्सन हाउसमा जान थालिन् । यही क्रममा एकदिन एक प्रोडक्सन हाउसमा सलमानको नजर सोमीमाथि पर्यो । त्यसपछि उनले सोमीलाई फिल्म ‘बुलन्द’को अडिसनमा बोलाए । भलै यो फिल्म रिलिज त भएन, तर सोमीलाई भने अन्य फिल्मबाट अफर आउन थाल्यो ।

लामो समयसम्म सलमानसँग डेट गरेपछि सन् १९९९मा उनीहरुको सम्बन्ध टुट्यो । सम्बन्ध टुटेपछि उनी अमेरिका फर्किइन् र आफ्नो पढाइ शुरु गरिन् । सोमी अहिले ‘नो मोर टियर्स’ नामक एनजीओ चलाउँछिन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु