भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी शुरु गरेको छ । अभिनयको माध्यमबाट छोटो समयमा नै बलिउडमा लोकप्रिय बनेका यी अभिनेताको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको हो । भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उनीहरु सुशान्तको नाममा एउटा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी गरिरहेका छन् । भाजपाले सरकारसमक्ष यो प्रस्ताव राखेको छ’, स्रोतले भनेको छ, ‘तर हामीलाई थाहा छ कि हाम्रो प्रशासनिक संयन्त्र र राजनीति निकै ढिलो छ । त्यसकारण यो अवधारणालाई अगाडि बढाउन केही समय लाग्नेछ । तर योजना पुरा हुनेमा आशावादी छौं ।’



JUNGLE






from the
city



अभिनेता सुशान्तको निधनको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै बलिउडमा केही पक्षले आलोचना गर्न थालिसकेका छन् । उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो । उनको शव उनकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।