अभिनेत्री प्रियंका चोपडाले घरको न्यास्रो लागेको बताएकी छन्। कोरोना भाइरसको महामारीको समयमा उनले भतिजीको तस्बिर सार्वजनिक गर्दै घर सम्झिरहेको बताएकी छन्। उनले आफू यूरोपमा बस्दाको अनुभव फ्यानसँग साटेकी छन्। उनले भतिजीसँग लस एन्जल्समा बिताएको समयलार्ई साझा गरेकी हुन्। यो तस्बिर केही पहिलाको हो वा होइन भनेर खुलाइएको छैन। उनले तस्बिरको क्याप्सनमा घर सम्झिरहेको बताएकी छन्। तस्बिरमा उनले आफ्नो भतिजीलाई आफ्नो काँधमा सुताइरहेको देखिएकी छन्। उनले आफ्नो मोबाइल फोनमा केही देखाइरहेको जस्तो देखिएको छ ।