अभिनेत्री रकुलप्रित सिंहले गोपनीयताको माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन पेस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

अभिनेत्री रकुलप्रित सिंहले गोपनीयताको माग गर्दै दिल्ली उच्च अदालतमा एक निवेदन पेस गरेकी छिन् । उनले रिया चक्रवर्ती र अहिले चलिरहेको लागुऔषध मुद्दामा आफूलाई जोडेर कुनै पनि समाचार नछाप्न भन्दै प्रेस काउन्सिल अफ इन्डिया र न्युज ब्रोडकास्टर्स एसोसिएनलाई निर्देशन दिन दिल्ली उच्च अदालतमा शनिबार निवेदन पेस गरेकी हुन् । एनसीबीले यस विषयमा अनुसन्धान सम्पन्न गरेर रिपोर्ट सार्वजनिक नगरेसम्म कुनै पनि मिडियाले यो मुद्दामा उनलाई जोडेर समाचार सम्प्रेषण नगरिदिन मिडियाविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गरेकी छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रकुलको यो निवेदनको सुनुवाइ आगामी साता हुँदै छ । उनले गत साता पनि लागुऔषध मुद्दामा आफूलाई जोडेर समाचार सम्प्रेषण गर्न मिडियालाई रोक लगाउन उच्च अदालतमा निवेदन पेस गरेकी थिइन । उनले निवेदनमा मिडियामा अपमानजनक, झुटो र आधा सत्य भएको खबर, सनसनीपूर्ण हेडलाइन, फोटो, भिडियो-फुटेज र सामाजिक सञ्जालका लिंकहरु प्रसारण नगर्न र उनको गोपनीयताको ख्याल राख्न निर्देशन दिन निवेदनमा भनेकी थिइन् । उनको यो निवेदनमा उच्च अदालतले १७ सेप्टेम्बरमा केन्द्रको जवाफ खोजेको थियो । अदालतले कसैको प्रतिष्ठा खराब गर्ने खालको यस्तो समाचार सम्प्रेषण र प्रसारण गर्ने मिडियाविरुद्ध छानबिन गर्न आदेश दिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रिया चक्रवर्तीले उनको उक्त बयान फिर्ता लिइसक्दा पनि मिडियाले उनलाई लागुऔषध मुद्दामा जोड्दै आइरहेको पनि रकुलले निवेदनमा दाबी गरेकी छिन् । रियासँग शुक्रबार एनसीबीले बयान लिइसकेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु