दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले पक्राउ गरेको छ। मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ। उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ । रिया आज बयानका लागि एनसीबीमा पुगेकी थिइन् । उनी पुगेको केही घन्टापछि उनको गाडी फिर्ता गरिएको थियो । आज रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उनलाई ६ घन्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो ।



JUNGLE






from the
city



रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ । यसैविच, नायिका चक्रवर्तीको उजुरीपछि बान्द्रा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीमा अवस्थित मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमारको विरुद्धमा एफआइआर दर्ता गरेको छ । सुशान्तको आत्महत्यामा उनलाई उत्प्रेरित गरेको आरोप रियाले लगाएकी छिन् ।