अभिषेक बच्चनले ट्रोल गर्नेलाई फर्काए यस्तो जवाफ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

बलिउड अभिनेता अभिषेक बच्चन सोसल मिडियामा निकै सक्रिय छन् । उनको पोष्टमा आउने प्रतिक्रियामा पनि उनको नजर दौडिएको हुन्छ । त्यसैले त थुप्रै पटक ट्रोल्समा जवाफ पनि फर्काउने गर्छन् । अभिषेकले पुनः एकपटक त्यसै गरेका छन् । आजकाल बलिउडको ड्रग कनेक्सनले निकै चर्चा बटुलिरहेको छ । दीपिका पादुकोणको एउटा च्याट सार्वजनिक भएको थियो जसमा उनले सोधिरहेकी थिइन्, ‘माल छ तरु’ यसैलाई आधार बनाएर शिवानी शर्माकी एक ट्रोलर अभिषेकलाई सोधिन्, ‘ह्यास छ तरु’ अभिषेक बच्चनले उनलाई जवाफ फर्काएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अभिषेकले लेखेका छन्, ‘छैन, माफ गर । यस्तो नगर । तर मलाई तिम्रो मद्दत गर्दा खुसी लाग्नेछ र तिमीलाई मुम्बई प्रहरीमा लैजान पनि । मलाई विश्वास छ मुम्बई प्रहरीले तिम्रो आवश्यकता थाहा पाएर खुसी हुनेछन् र उहाँहरुले नै तिमीलाई सहयोग गर्नेछन्।’ अभिषेक बच्चनको जवाफपछि ट्रोलरले लेखिन्, ‘तिम्रो पिआरले मलाई तथानाम भनिरहेका छन् । लाज नभएका बच्चन ।’ यसको जवाफमा अभिषेकले लेखे, ‘म्याम, मेरो कोही पिआर छैन । ’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

केही प्रशंसकले अभिषेकलाई यस्ता मानिसहरुलाई बालै नदिन सल्लाह दिएका छन् । हुन त अभिषेकले कुनै प्रयोगकर्तामाथि निशाना साँधेको यो पहिलो घटना भने होइन । यी नायकलाई जब कसैले ट्रोल गर्छ तब उनी चुप बस्नुको साटो गतिलो जवाफ फर्काउने गर्छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु