अमिताभले दर्शक बिनाको ‘कौन बनेगा’ करोडपति कसरी चलाउलान ?

बलिवुड अभिनेता अमिताभ बच्चन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

“देवियो और सज्जनों, तालियोंकी गडगडाहट के साथ स्वागत कीजिए….. ”
“तालियां बजती रहनी चाहिए ….”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शुरुमा अमिताभले दमदार रुपमा यि वाक्यहरु बोलेपछि तालिका गहगडाहट शुरु हुन्थ्यो । त्यसपछि शुरु हुने गर्थ्यो कौन बनेगा करोडपति शो । अब यहाँ कोरोनाका कारण निरन्तर तालिहरु बज्ने छैनन । अर्थात यस शो मा अब दर्शकहरु हुने छैनन् ।
सोमबार अमिताभले मुंबईमा शो को शुटिंग गरे र तत्कालै तस्वीर सहित को ट्वीट गरे , “केबीसिको १२ औं पर्वः कौन बनेगा करोडपति, आरम्भ ।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कार्यक्रमसंग सम्बन्धीत अधिकारीहरुले बताए अनुसार नयाँ गाईडलाईन का कारण कार्यक्रममा दर्शकहरुले सहभागि हुन नपाएका हुन् । यसका अलवा कार्यक्रमको सेटमा निकै कम मानिसलाई काम गर्न बोलाईएको थियो । केहि दिन अघि अभिताभले क्रुए सदस्यहरु पीपीई किट सहित काम गरिरहेको फोटो पोष्ट गरेका थिए । केबीसिको यो १२ औं सिजन हो । यो सिजनमा कार्यक्रमको ट्याग लाईन “जो भी हो, सेटब्याक का जवाब कम ब्याक से दो ” राखिएको छ ।

केबीसिका डाईरेक्टर नितेश तिवारीका अनुसार यो सिजन भिन्नै र चूनौतिपूर्ण छ, जसको बारेमा कहिल्यै सोंचिएको थिएन । कार्यक्रममा अब लाईफलाईनको अप्सन्समा अडियन्स पोल हुने छैन । अब यस्ता रियालिटि शोहरु प्रत्यक्ष दर्शक विना चल्न सक्ने उदारण पनि छन् । चर्चित हास्य व्यंग्यको सो, द कपिल शर्मा शो भिडियो कन्फ्रेन्सको माध्यमबाट आम मानिसहरुसंग जोडिएको छ ।

जानकारी अनुसार केबीसी मा भाग लिनका लागि अनलाईन रजिस्ट्रेशन त गर्नु पथ्र्यो नै, पहिलो चोटी घरै बसेर अडिसन समेत लिईएको थियो । यस पछिका प्रक्रियाहरु पुरा गरेपछि अन्तिम चरणमा व्यक्तिगत अन्तरवार्ता भीडियो कलको माध्यमबाट गरिएको थियो । १२ औं श्रृंखला प्रशारण गरिरहँदा कैबीसिले स्थापनाको २० बर्ष गाँठ समेत मनाउने छ । कौन बनेगा करोडपतिको पहिलो श्रृंखला ३ जुलाई २००० मा स्टार प्ल च्यानलबाट भएको थियो । बेलायतको चर्चित रियालिटि शो “हु वान्ट्स टू बी अमिलिनियर” को सफलताबाट भारतको स्टार प्लस च्यानलले यसको भारतीय संस्करण शूरु गरेको थियो ।

यस कार्यक्रमको प्रस्तोताका रुपमा अमितभ बच्चन ब्राण्ड नै बनिसकेका छन् । दोश्रो संस्करणमा अभिताभ विरामी भएका बेला यसलाई शाहरुख खानले चलाएका थिए । यि किंग खानले शोलाई अभिताभले जसरी दमदार बनाउन भने सकेनन् । कार्यक्रम फितलो मानिएपछि फेरि अमिताभलाई ल्याईएको थियो ।

:इंडियन न्यूज़ एजेंसीको सहयोग मा

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु