अमिताभ बच्चनको स्वास्थ्यमा समस्या, सर्जरीको तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड ‘बीग बी’ अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले आफ्नो ब्लग र ट्वीटरमा पोस्ट गर्दै स्वस्थ हुनका लागि सर्जरीको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले शनिवार ब्लगमा एक वाक्य लेखेर स्वास्थ्य समस्याको बारेमा जानकारी दिएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दैनिक जागरणका अनुसार अमिताभले ब्लगमा लेखेको ‘मेडिकल कन्डीसन‘सर्जरी‘केही लेख्न सक्दिनँ’ वाक्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभले ट्वीटरमा ‘केही आवश्यकता भन्दा बढी भएको छ । केही हटाउन सुध्रने अवस्था छ । जीवन कालको भोलि हो यो, भोलि नै थाहा हुनेछ के हुँदैछ भनेर’ लेखेका छन् । अमिताभलाई गत वर्ष कोभिड–१९ को संक्रमण भएको थियो । संक्रमण भएपछि उनी कैयौं दिनसम्म अस्पताल बस्नु परेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमिताभको स्वास्थ्य अवस्थाको बारेमा सार्वजनिक भएपछि उनका फ्यान तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । अमिताभले हालैमात्र बलिउडमा ५२ वर्ष पुरा गरेका छन् । उनले केही दिन अघिमात्र पुराना तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । यो वर्ष अमिताभका दुई फिल्म ‘झुण्ड’ र ‘चेहरे’ रिलिज हुँदैछ । उनको अर्को फिल्म ‘ब्रह्मास्त्र’को रिलिज डेट सार्वजनिक हुन बाँकी नै छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु