अमेरिकामा अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनमा दुई जनाको ज्यान गयो, एक जना घाइते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकाको केनोशा सहरमा प्रहरीको गोली लागेर घाइते भएका अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रदर्शनकारीकै क्रममा एक व्यक्ति भिडमा पसेर अन्धाधुन्ध फायरिङ सुरु गरेपछि प्रहरीको तर्फबाट भएको फायरिङमा दुई जनाको ज्यान गएको हो । प्रहरीले भिडमा फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

विस्कन्सिन राज्यको केनोशा सहरमा गएको आइतबार दुई प्रहरी अधिकारीले २९ वर्षीय पुरुष ज्याकब ब्लेकलाई उनकै तीन बच्चाको अघि पटक–पटक गोली प्रहार गरेका थिए । त्यसपछि उनी अस्पतालमा भर्ना भएका छन् । प्रहरीले ब्लेकलाई किन गोली प्रहार गरेको भन्नेबारेमा अझै खुलाइएको छैन ।

यसैबीच एक व्यक्ति प्रदर्शनकारीको बीचमा पसेर फायरिङ गरिरहेको एक भिडियो भाइरल भइरहेको छ । ज्याकबको समर्थनमा र दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै अमेरिकाको कैयौँ शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा कैयौँ व्यापारिक प्रतिष्ठान र गाडीमा आगजनी भएको छ ।

विस्कन्सिन राज्यका गभर्नर टोनी एभर्सले आपत्कालको घोषणा गर्नुभएको छ । केही महिना अघिमात्र अमेरिकाको मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको ज्यान गएपछि अश्वेत अमेरिकीमाथि प्रहरीको विभेदपूर्ण शैलीलाई लिएर अमेरिकाभर प्रदर्शन भएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु