अमेरिकामा आउँदो राष्ट्रपति चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

रुस, चीन र इरानसँग साँठगाँठ रहेका ह्याकरहरुले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति तथा समूहलाई निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ । सन् २०१६ को चुनावमा दखल दिएका रुसी ह्याकरहरु फेरि यसपटक पनि सक्रिय भएको माइक्रोसफ्टको भनाई छ। रुसी ह्याकरले चार वर्षअघि डेमोक्र्याटिक चुनावी अभियानलाई निशाना बनाएका थिए र अहिले पनि सोही प्रकृतिको गतिविधि देखिन थालेको माइक्रोसफ्टको भनाई छ । विदेशी समूहहरु अमेरिकी चुनावमा दखल दिन सक्रिय बनेको स्पष्ट भएको माइक्रोसफ्टले बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा आएका हुन् । रुसी ह्याकरले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित २०० भन्दा बढी संस्थालाई निशाना बनाइरहेको माइक्रोसफ्टले जारी गरेको वक्तव्यमा उल्लेख छ । सोही समूहका साइबर आक्रमणकारीले बेलायती राजनीतिक पार्टीलाई पनि निशाना बनाएको उल्लेख छ। यस्तै चिनियाँ ह्याकरले बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टले जनाएको छ । इरानका ह्याकरहरुले ट्रम्पको चुनावी अभियानसँग जोडिएका व्यक्तिलाई निशाना बनाउने क्रम जारी राखेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु