

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अमेरिकाको विस्कॉन्सिन राज्यको केनोशा शहरमा एक अश्वेत पुरूषमाथि त्यहाँको प्रहरीले थुप्रै राउन्ड गोली प्रहार गरेका छन् ।



JUNGLE






from the
city



आफ्ना तीन बच्चाहरूको सामुन्ने अश्वेत पुरूषमाथि प्रहरीले गोली प्रहार गरेपछि सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले सोमबार नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन्।
गोली हानिएका ती व्यक्ति २९ वर्षीय याकुब ब्लेक भएको रोयटर्सले जनाएको छ। शल्यक्रिया गरिएका उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। उनीमाथि प्रहरीले आइतबार नियन्त्रणमा लिने क्रममा ढाडमा करिब ७ राउण्ड गोली प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
घटनाको सार्वजनिक भएको भिडिओमा प्रहरीको घेराबन्दीका बाबजुद आफ्नो गाडीमा प्रवेश गर्ने लागेका ती पुरूषलाई उनको लुगामा समातेर गोली हान्दै गरेको देखिन्छ। प्रहरीले गोली हान्दा उनका तीन सन्तान गाडी भित्र नै थिए।
प्रहरीको यो ज्यादती सार्वजनिक हुनेबित्तिकै त्यहाँ नागरिकहरू प्रदर्शनमा उत्रेका छन्। नागरिकहरूको प्रदर्शन थप हिंस्रक हुने अनुमान गर्दै सो राज्यका गभर्नरले नेशनल गार्ड परिचालन गर्ने आदेश दिएका हुन।
प्रहरीले गाडीभित्र अन्य केही देखेर गोली चलाएका हुन् या यत्तिकै गोली चलाए भन्ने बारेमा केही थाहा हुन सकेको छैन। यसअघि केही महिना अगाडि अमेरिकाको मिनियापोलिसमा अफ्रिकीमुलका एक अमेरिकी नागरिकको निधन भएपछि अश्वेत अमेरिकीमाथिको प्रहरीको विभेदपूर्ण व्यवहारको विरोध गर्दै अमेरिकाभर व्यापक प्रदर्शनहरू भएका थिए।
त्यतिबेला प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएको थियो। प्रहरीले नियन्त्रणमा लिनेक्रममा घुँडाले लामो समयसम्म जर्जको घाँटी थिच्दा उनको मृत्यु भएको थियो।