अमेरिकामा कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या १ लाख ५० हजार भन्दा बढि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार पार भएको छ। अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजार बढी मानिसको मृत्यु भएको छ।
कोरोनाको महामारी सुरू भएपछि अमेरिकाले कोरोनाका कारण कम्तीमा २ लाख ४० हजार अमेरिकीले ज्यान गुमाउने अनुमान गरेको थियो भने जुलाई १४ मा उसले नोभेम्बर १ सम्ममा २ लाख २४ हजार मानिसको मृत्यु हुने बताएको थियो।
अमेरिकामा पछिल्लो समय अर्थ व्यवस्थालाई लयमा फर्काउन भन्दै संक्रमणदर लकडाउन खोल्न आवश्यक आधारमा नपुगी खोल्न सुरू गरिएको थियो। पछिल्लो समय अमेरिकामा बढिरहेको संक्रमण र मृत्यु यसै कारण भएको मानिएको छ।
यस्तै अमेरिकामा मास्क प्रयोग र सामाजिक दूरी कायम गर्ने कुरामा त्यहाँका नागरिकहरूमा देखिएको अरूचिले पनि कोरोना फैलिएको छ।
वर्ल्डमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २४ घण्टाको अवधिमा ६६ हजार बढी संक्रमित थपिएका छन् भने १४ सय बढीको मृत्यु भएको छ।
अमेरिका विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो। त्यहाँ हालसम्म ४५ लाख बढी मानिसलाई संक्रमण भइसकेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु