अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २० लाख ८८ हजार भन्दा बढि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी रहँदा ६ दिनमै १० लाख भन्दा बढिमा संक्रमण भएको छ । कुल संक्रमितको संख्या अमेरिकामा एक करोड २० लाख ८८ हजार भन्दा बढि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । ६ दिनको अवधिमा १० लाख भन्दा धेरै संक्रमित थपिएका हुन् र यो अहिलेसम्मकै द्रूत गतिमा संक्रमणको बिस्तार हो । शुक्रबार एकै दिन अमेरिकाभर एक लाख ९५ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको थियो । सो दिन १८ सय ७८ जनाको कोभिड–१९ का कारण ज्यान गएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट दुई लाख ५५ हजार ८ सय भन्दा धेरैको ज्यान गइसकेको छ । सबै ५० राज्य, वासिङ्गटन डिसी र पोटो रिकोका गरि एक हजार भन्दा बढि अस्पतालले आफूहरुलाई स्वास्थ्यकर्मी तथा कर्मचारीको गम्भीर रुपमा अभाव भएको बताएका छन् । विश्वभर पाँच करोड ८१ लाख ४३ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । यस्तै विश्वमा कोभिड–१९ बाट १३ लाख ८० हजार चार सय भन्दा बढिको ज्यान गएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु