अमेरिकामा चिडियाखानामा रहेका गोरिल्लामा पनि कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा चिडियाखानामा रहेका गोरिल्लामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको चिडियाखानाले जनाएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले एक विज्ञप्ति जारी गर्दै चिडियाखानाका गोरिल्लामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चिडियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस देखिएको यो पहिलो उदाहरण हो । यसअघिको अध्ययनले मानिसबाहेकका केही सीमित जनावर संक्रमणको खतरामा रहेको देखाएको थियो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिडियाखानाका अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार गत बुधबारदेखि दुईवटा गोरिल्लाहरुले खोक्न थालेका थिए । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गोरिल्लाहरुमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा नभएको चिडियाखानाका अधिकारीहरुले बताए । यद्यपि, सबै गोरिल्लाहरुलाई निगरानीमा राखिएको उनीहरुले जनाए । ‘खोकी र रुघाबाहेक सबै गोरिल्लाहरुको अवस्था राम्रो छ,’ सान डिएगो सफारी पार्ककी कार्यकारी निर्देशक लिसा पिटरसनले भनिन्, ‘यो टोली एकसाथ क्वारेन्टाइनमा छ र खाने, पिउने गरिरहेका छन् । चाँडै निको हुनेमा हामी आशावादी छौँ ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु