

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अमेरिकामा कोरोना भाईरस विरुद्धको खोप डिसेम्बर महिना भित्र उपलब्ध हुने कुरा राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । तर सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रोवर्ट रेडफिल्डले भने डिसेम्बरमा हैन, २०२१ को मध्य सम्ममा सर्वसुलभ हुन सक्ने बताएका छन् । उनका अनुसार डिसेम्बर सम्म खोप बनिसके पनि खोप सबैको पहुँचमा पुग्न केहि प्रक्रियाहरु पुरा हुनु पर्दछ, जसले केहि महिना लगाउने छ ।



JUNGLE






from the
city



रेडफिल्डले भने, “यदि तपाईँ मलाई सोध्नुहुन्छ कि कहिले आमरूपमा अमेरिकी नागरिकलाई खोप उपलब्ध हुनसक्छ भने मलाई लाग्छ सन् २०२१ को जूनदेखि सेप्टेम्बरको बीचसम्ममा हुनसक्छ।” तर राष्ट्रपति डोनल्ड ट्रम्पले गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गरेका छन्। उनले अमेरिकामा कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप केही साताभित्रै आमरूपमा वितरणका लागि तयार हुने अनुमान सुनाए।
ट्रम्पले भने, “सीडीसीका निर्देशकले जे भने त्यो गलत भने। हामी तत्काल ठूलो सङ्ख्यामा मानिसहरूलाई खोप उपलब्ध गराउन तयार हुनेछौँ र त्यसपछि त्यहाँभन्दा बाहिर पनि किनकि हामी अरू मुलुकलाई पनि सहयोग गर्न गइरहेका छौँ।” डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको आरोप लगाएका छन्। खोपसम्बन्धी ट्रम्पका प्रतिबद्धताहरूमा अमेरिकी नागरिकको विश्वास नरहेको बाइडनको भनाइ छ।