अमेरिकामा वितेको २४ घन्टामा १ लाख २६ हजार कोरोना संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमण पनि सबैभन्दा बढी छ । अमेरिकामा वितेको २४ घन्टामा मात्रै १ लाख २६ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ५५ लाखको हाराहारीमा पुगिसकेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या २ लाख ४५ हजार नाघिसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विगत केहि साता अघिदेखि अमेरिकामा संक्रमण विगतको तुलनामा व्यापक रुपमा बढेको छ । अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको दौरान भएका प्रचार प्रसार लगायतका सार्वजनिक कार्यक्रमहरुले पनि संक्रमण बढाएको अनुमान गरिएको छ । संक्रमितको संख्याको आधारमा दोस्रो बढी प्रभावित मुलुक भारत हो । भारतमा वितेको २४ घन्टामा ४४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ८६ लाख बढी संक्रमित भइसकेका छन् भने १ लाख २७ हजार बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । भारतमा पछिल्लो समय संक्रमण घट्दो क्रममा छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्लो समय युरोपेली मुलुकहरुमा संक्रमण व्यापक रुपमा बढेको छ । दोस्रो लहरको संक्रमण अन्तर्गत् फ्रान्स, इटाली, स्पेन, जर्मनी, पोल्याण्ड लगायतका मुलुकमा दैनिक २० हजारभन्दा बढी छ । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ५ करोड १७ लाख नाघेको छ भने मृत्यु हुनेको विश्वव्यापी तथ्यांक पनि १२ लाख ७८ हजार भन्दा बढी छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु