

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अमेरिकामा शक्तिशाली समुद्री आँधीका कारण ठूलो क्षति पुगेको बताइएको छ । त्यहाँको लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ भने अन्य क्षति आकलन गर्ने काम भइरहेको छ ।



JUNGLE






from the
city



लरा नामक उक्त सम्रद्री आँधीका कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी समेत भएको छ । त्यसबाट जोगाउन स्थानीय मानिसहरूलाई सावधान गराइएको छ ।
बिबिसीका अनुसार करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले पाँच लाख घर-परिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ जनाइएको छ । पूर्वानुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने नआएको र यसले गर्दा क्षति कम भएको जनाइएको छ, किनकि आँधी पूर्वतिर लागेको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रभावित क्षेत्रमा यही सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन् । अमेरिकामा आएको सबभन्दा शक्तिशाली समुद्री आँधीमध्येको एक मानिएको हुरिकेन लोराले आफ्नो राज्यमा निकै क्षति भएको भए पनि पूर्वानुमान गरिएजति क्षति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन् ।
आँधीका कारण रुख तथा बुजुलीका पोलहरू ढलेर सडक अवरूद्ध एका छन् भने ढलेको रूख लाग्दा ४ जना मारिएको बताइएको छ ।
आँधी आउनु अगाडि टेक्ससमा पनि ठूलो क्षति पुग्ने बताइएको थियो र करिब ४ लाख २० हजार बासिन्दालाई घर छाड्न भनिएको थियो । तर पूर्वानुमान गरिएभन्दा कम असर परेको टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि बताएका छन् ।