अमेरिकाले जोनसनको ‘सिंगल डोज’ खोपलाई दियो आपत्कालिन प्रयोगको अनुमति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाले शनिबार जोनसन एन्ड जोनसनले तयार गरेको कोरोना भाइरस विरुद्धको खोप ‘जेिनसन’ लाई आपत्कालिन प्रयोगको अनुमति दिएको छ । मोडर्ना र फाइजरपछि अमेरिकामा अनुमति पाउने यो तेस्रो खोप हो । सीएनएनकाअनुसार यो अमेरिकाको पहिलो सिंगल डोज खोप हो । ह्वाइट हाउसका शीर्ष अधिकारी एन्डी स्लाविटले तेस्रो सुरक्षित खोप आउनु खुसीको कुरा भएको बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकी फुड एन्ड ड्रग रेगुलेटरी एडमिनिस्ट्रेसन (एफडीए) को सल्लाहकार प्यानलले शुक्रबार यस खोपका सिफारिसका लागि मतदान गरेको थियो । जसमध्ये सबै २२ जना सदस्यले खोपको पक्षमा मत दिएका थिए । यस खोपको ट्रायल अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजारभन्दा बढी व्यक्तिमा गरिएको बताइएको छ । एफडीएका अनुसार यस खोपको प्रभावकारिता ६६।१ प्रतिशत रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अब यो खोप १८ वर्षभन्दा माथिका मानिसमा लगाइनेछ । अमेरिकामा हालसम्म ७ करोडभन्दा बढीले खोप लगाइसकेका छन् । विश्वभर कोरोनाभाइरसबाट ११।४३ करोडभन्दा बढी संक्रमित बनेका छन् । यसमध्ये ८ करोड ९९ लाखभन्दा बढी निको भएका छन् भने २५ लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु