अमेरिकाले साउदी राजकुमार सलमानको निर्देशनमा पत्रकार खसोग्गीको हत्या भएको प्रतिवेदन सार्वजनिक गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बिहीबार साउदी राजकुमार मोहम्मद बिन सलमानकै निर्देशनमा साउदी पत्रकार जमल खसोग्गीको हत्या भएको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति बाइडेनले पढिसकेको बताइएको उक्त प्रतिवेदन आज (बिहीवार) सार्वजनिक हुने रोयटर्सले जनाएको छ । अमेरिकी केन्द्रीय खुफिया एजेन्सी (सीआईए)ले गरेको अनुसन्धानका आधारमा तयार पारिएको उक्त प्रतिवेदनले राजकुमार सलमानकै निर्देशनमा पत्रकार खसोग्गीको हत्या भएको निष्कर्ष निकालेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेयता साउदी र अमेरिकाबिचको सम्बन्ध चिसिँदै गएका बेला यसले झन् नयाँ मोड लिन सक्ने ठानिएको छ । बाइडेनकी प्रेस सचिव जोन पास्कीले साउदी राजासंग कुरा गर्ने बताएकी छन् । ‘डिफ्याक्टो’ राजाका रूपमा रहेका ३५ वर्षीय राजकुमार सलमानसँग भने बाइडेनले कुरा नगर्ने बुझिएको छ । ५९ वर्षीय खसोग्गी साउदी नागरिक हुन् । अमेरिकी पत्रिका वासिंगटन पोस्टमा स्तम्भ लेख्दै आएका उनी साउदी र खास गरी प्रिन्स सलमानकै आलोचक मानिन्थे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

स्तानबुल स्थित साउदीको राजदूतावासमा उनको हत्या भएको थियो । दूतावासभित्र छिरेपछि खसोग्गीको कुनै निशान फेला परेको थिएन । उनको शरिर टुका(टुक्रा गरी फालिएको आशङ्का छ । साउदीले उनको हत्याको आरोप सुरुमा अस्वीकार गरेको थियो । तर, पछि हत्या भएको बताएको थियो । साउदी अदालतले हत्यामा आठ जनालाई दोषी ठहर गरेको थियो । तीमध्ये ५ जनालाई मृत्युदण्ड दिइएको थियो । तर, पछि खसोग्गीको परिवारले उनीहरूलाई माफी दिएपछि २० वर्ष सजाय तोकिएको थियो ।

संयुक्त राष्ट्र संघकातर्फबाट हत्याको अनुसन्धान गरेकी एग्नेस कालार्डले यसको जिम्मेवार साउदी अरब रहेको बताएकी थिइन् । सीआईएले सन् २०१८ मै ह्वाइट हाउसलाई अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । तर, तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र राजकुमार सलमानबिचको सम्बन्धका कारण यसले ठाउँ नपाएको बताइन्छ । अमेरिकाले यमनमा भइरहेको युद्ध रोक्न साउदीलाई हतियार एवं अन्य सैन्य सहयोग नगर्ने भएको छ । तर, मध्यपूर्वको शक्तिशाली सहयोगीका रुपमा सैन्य सहयोग भने जारी राखेको छ ।

बाइडेनले साउदी र अमेरिकाबिचको सम्बन्धलाई पुरानै स्थितिमा फर्काउन खोजेका छन् । जुन ट्रम्प प्रशासनका बेला निकै नै घनिष्ठ मानिँदै आएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु