अमेरिका र ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा फेरि वृद्धि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २६, काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड(१९० बाट संक्रमणका कारण हुने दैनिक मृत्यु संख्यामा फेरि वृद्धि भएको छ । त्यहाँ मंगलबार मात्र भाइरस संक्रमणका कारण १ हजार ९३ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जबकि अघिल्ला दुइ दिन यो संख्या ५ सय वा सोभन्दा कम थियो । सोमबार त्यहाँ भाइरस संक्रमणका कारण ५८६ को ज्यान गएको थियो । आइतबार त्यहाँ ३७३ जनाको मात्र मृत्यु भएको थियो । यो संख्या अमेरिकामा कोरोनाका कारण दैनिक मृत्यु हुनेमा गत मार्च २७ यताकै कम हो । तर मंगलबार पुनः दैनिक मृत्यु संख्या १ हजारमाथि रहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बुधबार बिहानसम्म कुल संक्रमित संख्या २० लाख ४५ हजार ५४९ पुगेको छ । मंगलबार त्यहाँ एकै दिन १० हजार ५६ नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ अघिल्लो दिन पनि १९ हजार ४४ संक्रमित थपिए भने आइतबार १८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिकामा पछिल्लो समय कोरोना भाइरस कमजोर हुँदै गएको देखिएको छ । त्यहाँ संक्रमितहरू निको हुने दर बढिरहेको छ । अहिलेसम्म अमेरिकामा ७ लाख ८८ हजार ८६२ जना पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार भन्दा बढी मानिस निको भएका छन् । यद्यपि अझै ११ लाख ४२ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ । तर अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वमै अधिक रहेको छ । त्यहाँ हालसम्म १ लाख १४ हजार १४८ जनाको भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

उता अमेरिकालाइ पछ्याइरहेको ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । ब्राजिलमा पछिल्लो समय संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् । तर आइतबार र सोमबार भने त्यहाँ संक्रमित संख्या अघिल्ला दिनहरूको तुलनामा कम देखिएको थियो । मंगलबार फेरि यो संख्या निकै बढेको छ ।

ब्राजिलमा आइतबार एकै दिन १८ हजार ३७५ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार १८ हजार ९२५ जनामा संक्रमण पुष्टि भयो । तर मंगलबार यो संख्या बढेर ३१ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै कारण ब्राजिलमा दैनिक मृत्यु फेरि उकालो लागेको छ । मंगलबार मात्र त्यहाँ भाइरस संक्रमणका कारण १ हजार १८५ जनाले ज्यान गुमाए । जबकि अघिल्ला दुइ दिन यो संख्या कम थियो । आइतबार त्यहाँ जम्मा ५४२ जनाको मृत्यु भएको थियो भने सोमबार ८१३ जनाको ज्यान गयो । शनिबार भने त्यहाँ ९१० को ज्यान गएको थियो ।

अहिलेसम्म ब्राजिलमा कोरोनाका कारण कुल ३८ हजार ४९७ जनाले ज्यान गुमाइसकेका छन् । तर त्यहाँ निको हुने दर पनि बढी छ । ब्राजिलमा हाल कोरोना संक्रमित संख्या ७ लाख ४२ हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख २५ हजार नाघेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु