अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि मङ्गलबार अनुमति माग्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 147
  •  
  •  
  •  
  •  
    147
    Shares

कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि मङ्गलबार अनुमति माग्ने बताएको छ । मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण ९४।१ प्रतिशत प्रभावकारी पाइएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग गरेको हो । मोडेर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग सङ्कटकालीन प्रयोगका लागि स्वीकृती (ईयूए) को माग गर्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति पनि माग्ने बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गएको वर्षको डिसेम्बरमा चीनको वुहान सहरको अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको कोभिड–१९ का कारण एक वर्षको अन्तरालमा विश्वका सबैजसो देशमा महामारीको रूप लिइसकेको छ । यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रुसलगायतका यूरोपेली देशहरू कोभिड–१९का कारण बढी प्रभावित छन् । दक्षिण एसियामा भारत, पाकिस्तान, बङ्गलादेश बढी प्रभावित देशहरू हुन् भने कोभिड–१९ को सङ्क्रमण अस्ट्रेलिया, अफ्रिकालगायतका विश्वका सबै क्षेत्रमा फैलिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिका सबैभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित र सङ्क्रमणका कारण ज्यान गुमाउनेको देश हो । अमेरिकामा कोभिड–१९ बाट एक करोड ३७ लाख ५१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई लाख ७३ हजारभन्दा बढी सङ्क्रमितको ज्यान गएको छ । अमेरिकापछि बढी सङ्क्रमण रहेका देशहरूमा भारत, ब्राजिल, रुस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु