अमेरिकी कम्पनी डिस नेटवर्कले गर्यो फिनल्याण्डको कम्पनी नोकियासँग सम्झौता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

हुवावेमाथि अमेरिकी प्रतिबन्धसँगै फाइभ जी प्रविधिको क्षेत्रमा देखिएको अन्योल हटाउँदै अमेरिकी कम्पनी डिस नेटवर्कले फिनल्याण्डको कम्पनी नोकियासँग सम्झौता गरेको छ । अमेरिकामा सन् २०२३ सम्ममा फाइभ जी नेटवर्क निर्माण गर्ने दौडमा रहेको स्याटेलाइट टिभी प्रोभाइडर कम्पनी डिस नेटवर्कले फाइभ जी प्रविधिको मुख्य सफ्टवेयर उत्पादन गरिदिनका लागि फिनल्याण्डको नोकिया कम्पनीसँग सम्झौता गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

डिस नेटवर्क कम्पनीले आफ्नो फाइभ जी नेटवर्क तयार गर्नका लागि नयाँ टेलिकम कम्पनीहरु छानेको थियो भने ओपन रेडियो एसेस नेटवर्क प्रविधिको प्रयोग गरेको छ । उक्त प्रविधिले क्लाउडमा नेटवर्क कार्य सञ्चालनका लागि सफ्टवेयरको प्रयोग गर्दछ, जसले भौतिक उपकरणको प्रयोग घटाउँदछ । डिस नेटवर्कले नोकियासँग गरेको सम्झौता स्थापित टेलिकम उपकरण निर्माता कम्पनीसँग भएको उसको पहिलो सम्झौता हुनेछ । यसअघि डिस कम्पनीले नयाँ नेटवर्क निर्माणका लागि फुजित्सु, नभिदिया, अल्टियोसार माभेनिर लगायतका विभिन्न कम्पनीहरुसँग सम्झौता गरिसकेको छ । डिस नेटवर्क र नोकियाबीच भएको सम्झौता अनुसार नोकियाले डिस नेटवर्कलाई सब्सक्राइबर डाटा म्यानेजमेन्ट, डिभाइस म्यानेजमेन्ट तथा एकीकरण सर्भिस लगायतका सेवा उपलब्ध गराउनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिकामा हुवावे प्रतिबन्धित भएसँगै फाइभ जी नेटवर्कको क्षेत्रमा नोकिया र इरिक्सन कम्पनीले लाभ लिइरहेका छन् । त्यस्तै दक्षिण कोरियाली कम्पनी सामसुङले समेत विस्तारै अमेरिकी फाइभ जी नेटवर्क निर्माणको क्षेत्रमा आफ्नो उपस्थिति बढाउन थालेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु