अमेरिकी चुनावमा हस्तक्षेप गरेको मामिलामा बाइडेनले पुटिनलाई भने हत्यारा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गम्भीर वक्तव्य दिएका छन्। गत वर्ष अमेरिकी चुनावमा हस्तक्षेप गरेको मामिलामा बाइडेनले पुटिनलाई हत्यारा भन्दै यसको मूल्य चुकाउनुपर्ने बताए। बाइडेनको बयानपछि रुष्ट रुसले वासिङ्टनका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। राजदूतलाई यस विषयमा थप छलफल गर्न फिर्ता बोलाइएको बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एबीसी न्यूजसँगको अन्तर्वार्ताका क्रममा बाइडेनलाई अमेरिकी गुप्तचर रिपोर्टका बारेमा सोधिएको थियो । उक्त रिपोर्टमा पुटिनले या त चुनावमा हस्तक्षेप गर्ने अपरेशनको निगरानी गरेको वा डोनाल्ड ट्रम्पलाई फाइदा पुग्ने गरी कम्तीमा अनुमोदन गरेको बताइएको छ । यस विषयमा पुटिनले गरेका सबै गलत कामहरु छिट्टै उजागर हुने बाइडेनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त रिपोर्टले बताएअनुसार रुस र इरानले चुनाव परिणामलाई प्रभाव पार्ने षड्यन्त्र गरेका थिए तर कुनै पनि विदेशी हस्तक्षेपले मतदान प्रक्रियामा कुनै प्रभाव पारेको कुनै प्रमाण थिएन। राष्ट्रिय गुप्तचर कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले अमेरिकामा सन् २०२० को निर्वाचनमा विदेशी हस्तक्षेप भएको जानकारी दिएको छ। तथापि, रूसले यसलाई आधारहीन भनेको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु