अमेरिकी पूर्वजनसेनालाई रुसी अदालतले १६ वर्षको जेलसजाय सुनायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी पूर्वजनसेना पल ह्वेलनलाई रुसको अदालतले १६ वर्षको जेलसजाय सुनाएको छ । जासूसी गरेको अभियोगमा उनलाई रुसी अदालतले यस्तो सजाय सुनाएको हो । जुन सुरक्षाकर्मीलाई दिइएको सबैभन्दा लामो सजाय हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मस्को सिटी कोर्टले शुक्रबार गरेको फैसलाप्रति रुसस्थित अमेरिकी राजदूतले आपत्ति जनाएका छन् । जसले यसलाई ‘प्रमाण विनानै गरिएको गोप्य मुद्दा भलाइएको’ भनेका छन् । ह्वेलनले भने यसअघि अमेरिकी राष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । उनले रुसका वर्गीकृत सूचना प्राप्त गरेको बताइएको छ । तर ती सूचना कस्तो प्रकृतिका थिए भन्ने खुलाइएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिकी राजदूत जोन सुलिभान समेत यस मुद्दामा अदालत उपस्थित भएका थिए । साथै उनले यस कदमलाई मानव अधिकार र अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै विरोध जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ह्वेलनलाई तत्काल रिहा गर्न माग गरेका छन् । रुसी अदालतको यस्तो कदमलाई लिएर अमेरिका रुष्ट बनेको छ । विदेशमन्त्री पोम्पियोले विज्ञप्ति निकाल्दै ‘अमेरिकी नागरिकमाथि प्रमाण विना गोप्य रुपमा मुद्दा चलाइएकोमा अमेरिका आक्रोशित बनेको’ जनाएका छन् ।

५० वर्षीय ह्वेलन रुसको हिरासतमा डेढ वर्षदेखि रहँदैआएका थिए । २०१८ को डिसेम्बरमा पक्राउ परेका उनको बारेमा रुसले थप जानकारी सार्वजनिक गरेको छैन । ह्वेलनले आफू निर्दोष रहेको बताउँदैआएका छन् । उनको परिवारले उनी एक विवाह समारोहमा सहभागी बन्न रुस गएको बताएका छन् । ह्वेलनका भाइ डेभिडले अदालतप्रति आशा भए पनि रुसी न्यायाधीशहरु कानुनी नभएर राजनीतिक भएको पाइएको बताएका छन् । साथै पललाई घर फिर्ता गर्न अमेरिकाले तत्कालै कदम चालोस् भन्ने उनको आशा छ ।

ह्वेलन बेलायती अभिभावकबाट क्यानडामा जन्मिएका उनी क्यानेडियन, बेलायती र आइरिस नागरिक पनि हुन् । उनी पक्राउ पर्दा अमेरिकी अटो पार्टस् सप्लायर बर्ग वार्नरसँग आवद्ध थिए । अमेरिकी मिडियाका अनुसार ह्वेलनले हर्नियाको समस्या समेत भोगिरहेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु