अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ । माथिल्लो सदन सिनेटले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उहाँ महाअभियोगबाट जोगिनु भएको बीबीसीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइपछि मतदान भएको थियो । तर, महाअभियोग पारित हुनका लागि चाहिने दुई तिहाइ मत जुट्न सकेन । रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मतदान गरे पनि दोषी ठहर गर्नका लागि चाहिने दुई तिहाइका लागि १० सिनेटरको मत पुगेन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

माथिल्लो सदन सिनेटमा एक सय सदस्य रहेकोमा महाअभियोग पारित हुनका लागि दुई तिहाइ अर्थात् ६७ सदस्यको मत चाहिन्छ । गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउन प्रस्ताव गरिएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु