नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् । यसअगाडि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै कोरोनाविरुद्धको खोप लिएका थिए। पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि खोप लगाएका थिए । आफूले खोप लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले खोप मेडिकल चमत्कार भएको बताए । इतिहासमा यो साता कोरोना महामारीको अन्त्यको सुरुवात भएको साताका रुपमा रहने पेन्सले बताए।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185