सरकारी विभाग तथा निकायहरुमाथि भएको भनिएको अहिलेसम्मकै ठूलो साइबर आक्रमणमा रुस जिम्मेवार रहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन् । पोम्पेओले भनेका छन्, ‘हामीले स्पष्ट रुपमा यो भन्न सक्छौँ कि त्यस प्रकारको आक्रमणका पछि रुसको हात थियो ।’ तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साइबर आक्रमणको गाम्भीर्यतालाई अवमुल्यन गरेका छन् । उनले अवस्था ‘नियन्त्रण’ मा रहेको बताएका छन् । उनले आक्रमणमा रुसको संलग्नता नरहेको हुन सक्ने पनि बताएका छन् र औँला चीन तर्फ सोझ्याएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गएको हप्ता साइबर आक्रमणको निशानामा अमेरिकी फर्म सोलार विन्ड्सले विकास गरेको सफ्टवेयर परेको थाहा भएको थियो । तर आक्रमणको निशानामा विगतका केही महिनादेखि उर्जा मन्त्रालयसहितका सरकारी निकाय रहेको अमेरिकी निकायले बताएका छन् । आक्रमणको आरोप लागेको रुसले भने आफ्नो कुनै पनि संलग्नता अस्वीकार गरेको छ । परमाणु हतियारको निगरानी, निरीक्षण तथा भण्डारण गर्ने निकायसहित साइबर आक्रमणको निशानामा आएका हुन् ।



JUNGLE






from the
city


