अमेरिकी सदनबाट कोरोना महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि ९ खर्ब डलरको राहत प्याकेज पारित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि तय भएको राहत प्याकेज अमेरिकी संसदले पारित गरेको छ । अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित भएको हो । माथिल्लो सदन सिनेटले स्थानीय समय अनुसार सोमबार अबेर सो प्याकेजमालाई स्वीकृत गरेको हो । त्यसको केही घण्टा पहिले तल्लो सदन हाउस हफ रिप्रिजेनटेटिभले प्याकेज पास गरेको थियो । राहत प्याकेजमा समस्यामा परेका नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने उल्लेख छ । अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १।४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो । यसअघि कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ल्याइएको राहत कार्यक्रमको समय सकिन लागेका बेला नयाँ प्याकेजमा पारित भएको हो । सदनबाट पास भएको प्याकेजलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले जति सक्दो चाँडो प्रमाणिकरण गर्ने छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पारित भएको राहत प्याकेज स्वागत योग्य भएको बताएका छन् । तर नयाँ वर्ष लागेसँगै महामारीबाट प्रभावित भएकाहरुको सहायताका लागि नयाँ प्याकेजका लागि काम गर्नु पर्ने र त्यसमा सदनले सहयोग गर्नु पर्ने बताएका छन् । यसअघिको राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु