प्रधामन्त्री केपी शर्मा ओलीको सिफासिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) विरोधमा उत्रियो । उसले सरकारको कदमविरुद्ध दोस्रो चरणको आन्दोलन माघ ७ गते सम्पन्न गरिसकेको छ । तर अब तेस्रो चरणको आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीमा दुई धार देखिएको छ । दोस्रो चरणको आन्दोलन सम्पन्न भएको एक साता बितिसक्दा पार्टीले अहिलेसम्म अर्को चरणको आन्दोलनको कुनै निर्णय लिन नसक्नुको कारण पार्टीभित्र फरक–फरक धार हुनुनै भएको नेताहरुले बताएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तर, जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले नेताहरु उपत्यका बाहिर रहेको कारण बैठक बस्न नसकेको बताए । उनले नेताहरु काठमाडौं आएपछि बैठक बसेर तेस्रो चरणको आन्दोलन घोषणा हुने प्रतिक्रिया दिए । उनले भने, ‘तेस्रो चरणको आन्दोलन गर्ने निश्चित छ, त्यो गर्ने नै हो तर आन्दोलनका क्रममा नेताहरु उपत्यका बाहिर जानु भएको थियो उहाँहरु सबैजना फर्किनु भएको छैन । फर्केपछि बैठक बसेर आन्दोलनको घोषणा हुन्छ ।’ तर उनले त्यस्तो बताएपनि तेस्रो चरणको आन्दोलन त्यति सजिलो तरिकाले घोषणा हुनेमा धेरैले आशंका गरेका छन् । जसपा नेपालमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा जस्तै आन्दोलनबारे मतभेद रहेको छ । प्रतिनिधिसभाले मात्र समस्या समाधान नहुने धारणा अध्यक्ष अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले प्रतिनिधिसभा पुनःस्थापना मात्र एक विकल्प रहेको भन्दै आएका छन् । यस अवस्थामा तेस्रो चरणको आन्दोलन छिट्टै घोषणा हुनेमा आशंका रहेको पार्टीकै नेताहरु बताउँछन् ।



JUNGLE






from the
city



काँग्रेसभित्र दोस्रो चरणको आन्दोलन सम्पन्न गरेपछि तेस्रो चरणको आन्दोलन गर्ने कि नगर्ने भन्नेमा विवादथियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन घोषणा गर्न दवाव दिइरहेका थिए भने सभापति शेरबहादुर देउवा अदालतको निर्णलाई कुर्ने पक्षमा थिए । अन्त्यमा केन्द्रीय समितिको बैठकबाट नै निर्णय गरेर सो पार्टीले मंगलबार नै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।त्यस्तै अवस्था जसपा नेपालमा पनि हुने देखिएको छ । ‘अबको आन्दोलनका कार्यक्रम वृहत छलफलबाट मात्र तय हुन्छ’, राजपा नेपालका एक नेताले भने, ‘दुई चरणको आन्दोलन सम्पन्न भएको छ, त्यसको समीक्षा समेत हुन्छ, समीक्षापछि आन्दोलनको आवश्यकता भए निर्णयमा पुगिन्छ ।’ यसैबीच केन्द्रीय सदस्य विश्वदीप पाण्डेले आन्दोलनको विकल्प नभएको भन्दै नेताहरु काठमाडौं बाहिर भएका कारण मात्रै घोषणामा केही ढिला भएको दावी गरे । ‘नत्र यतिखेर घोषणा भइसकेको हुन्थ्यो, चाँडै नै बैठक बसेर तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुन्छ’, उनले भने ।
यो आन्दोलन प्रतिनिधिसभा पुनःस्थापनाका लागि मात्र नभएको जिकिर गर्दै उनले यो लोकतन्त्र रक्षाका लागि पनि भएको बताए । ‘लोकतन्त्र बाँच्यो भने मात्र चुनाव हुन्छ नत्र लोकतान्त्रि विधि प्रकृयाबाट चुनाव हुँदैन । देशमा अराजकता फैलिन्छ, त्यसैले प्रतिनिधिसभा पुनःस्थापना मात्र एक विकल्प हो’, उनले जिकिर गरे ।