फेसबुकले अर्को वर्ष आफ्नै स्मार्टघडी उत्पादन गर्ने तयारी गरिरहेको छ। द भर्जका अनुसार फेसबुकले सुरु गरेको नयाँ हाडवेयर काम अन्तर्गत स्मार्टघडी निर्माण गर्न लागेको हो। फेसबुकको स्मार्टघडी विशेषगरी एन्ड्रोइड मोबाइललाई लक्षित गरेर बनाइने छ। कम्पनीले आफ्ना उपकरणका लागि आफ्नै अपरेटिङ प्रणाली निर्माणको काम पनि गरिरहेको र पछि त्यही सफ्टवयेर घडीमा राख्न सक्ने द भर्जले बताएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
फेसबुकको स्मार्टघडीमा मेसेजिङ, हेल्थ र फिट्नेस फिचर हुनेछ। साथै यो घडी फेसबुकको भर्चुअल रियालिटी हेडसेट र भिडियो च्याट डिभाइससँग पनि कनेक्ट गर्न सकिन्छ। यस घडीमा गुगलको वयेरओएस संस्करण चल्ने वा नचल्ने तय भएको छैन। हाल फेसबुक रेब्यान कम्पनी सँगको सहकार्यमा स्मार्ट चस्मा ल्याउने तयारीमा पनि लागिरहेको छ। यो स्मार्ट चस्मा यही वर्ष सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।



JUNGLE






from the
city



आफ्नो प्रोजेक्ट ‘ओकुलस’ र ‘पोर्टल’ अन्तर्गत फेसबुक विभिन्न भर्चुअल रियलिटीमा काम गर्दै छ। कम्पनीले आफ्नो रियलिटी ल्याब डिभिजनमा पनि कयौँ प्रयोगात्मक पहलहरु गरिरहेको द भर्जको भनाइ छ। कम्पनीले सुरु गरेको यस्तै प्रयोगात्मक कामहरुको आधारमा भविष्यमा कुनै नयाँ स्मार्टघडी आउन सक्ने अनुमान गरिएको हो। फेसबुकले स्मार्टघडी उत्पादन गर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।