अर्को साताभित्र बंगलादेशबाट युरिया मलको पहिलो खेप नेपाल आइपुग्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ । बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीको दाबीअनुसार २२ हजार ५ सय मेट्रिकटन मल अर्को सातासम्म नेपाल भित्रिने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिलो खेप ब्लकमा ल्याउन लागिएको मल कलकत्ता आइपुगेको र शनिबारबाट नेपाल पठाउन उक्त मलको अनलोड सुरु हुने कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी विष्णु पोख्रेलले बताए । ‘मल पहिलो खेप कलकत्ता आइपुगेको छ अब भोलिबाट नेपाल ल्याउन अनलोड सुरु हुन्छ,’ सूचना अधिकारी पोख्रेलले भने । कलकत्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ । भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बंगलादेशसँग सरकारले ५० हजार मेट्रिकटन यूरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा सुरु गरेको थियो । दुई देशका प्रधानमन्त्रीबीच भदौ १६ मा भएको कुराकानीपछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु