अर्मेनिया र अजरबैजानबीच विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविराम उल्लंघन भएको छ। रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका हुन्। नागोर्नो काराबाख प्रशासनले अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा आफ्ना ४५ भन्दा बढी सैनिक मारिएको जनाएको छ। योसँगै गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सय २५ सैनिक मारिएको दाबी स्थानीय प्रशासनले गरेको छ। उक्त क्षेत्रलाई अजरबैजानले दाबी गर्दै आएको छ। तर त्यहाँ अर्मेनियाली मुलका मानिसहरु बस्दै आएका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन्। उता अजरबैजानले पनि अर्मेनियाको मिसाइल आक्रमणबाट १० जना मारिएको जनाएको छ। अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जामा आक्रमण गरेको बताइएको छ।
Advertisements



JUNGLE






from the
city


