अर्मेनिया र अजरबैजान दुवैले एकअर्कालाई युद्धविरामको सम्झौता उल्लंघन गरेको आरोप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

अर्मेनिया र अजरबैजानबीच विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्नका लागि रुसको सहयोगमा भएको युद्धविरामपछि पनि युद्ध भने रोकिएको छैन । अर्मेनिया र अजरबैजान दुवैले एकअर्कालाई युद्धविरामको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । दुई मुलुकको बीचमा भएको युद्धविरामको सम्झौता लागू भएको केही समयमा नै दुवैले एकअर्कालाई यो सम्झौता तोडेको आरोप लगाएका हुन् । अर्मेनियाले युद्धविराम सम्झौता लागू भएको पाँच मिनेटमा नै अजरबैजानले विवादित भूमि नागोर्नो(काराबखमा अर्मेनियाको सेनामाथि आक्रमण गरेको आरोप लगाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै अजरबैजानले पनि अर्मेनियाको सेनाले गत राति गान्जा सहरमा आक्रमण गरेको र उक्त आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अर्मेनिया र अजरबैजानबीच विवादित भूमिको विषयलाई लिएर जारी युद्धमा परी अहिलेसम्म तीन सयभन्दा धेरैको मृत्यु भइसकेको छ । आधिकारिकरुपमा विवादित नागोर्नो(काराबख अजरबैजानको भूमि हो । तर, यहँका बासिन्दाहरु भने आध्यािित्मक अर्मेनियनहरु धेरै छन् । उनीहरु अजरबैजानको नियम मान्दैनन् । त्यसुका लागि उनीहरुले अर्मेनियाको सहयोगमा आफूलाई स्वतन्त्र मुलुकको दाबी गर्दै आएका छन् । तर, दुवै मुलुकले यो क्षेत्रलाई स्वतन्त्र मुलुक नभई आफ्नो भूमि भएको दाबी गर्दै आएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु