अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै प्रचण्ड

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्। यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत जान लागेका हुन् । विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए। ‘हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौ’, प्रचण्डले भनेका थिए, ‘जरूरी पर्यो भने म आज विराटनगरबाट भन्दैछ’। देशैले सुने हुन्छ, जरूरी पर्यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं। संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

संविधानको अधिकार प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन सभामुखले सदनको बैठक आयोजना गर्ने हामी उपस्थित हुने र केपीलाई कारबाही गर्नेसम्म जान सकिन्छ। तर म के भन्छु त सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास छ। सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास भएकाले अहिले नै बसिएको छैन। जरूरी पर्यो भने त्यो विकल्प नेपाली जनतासँग छ। यस्तै प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु