अविरल वर्षाका कारण आँबुखैरेनी गोरखा सडक अवरुद्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

अविरल वर्षाका कारण आँबुखैरेनी गोरखा सडकको बिभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।
‘एघारकिलोको सेण्टजोसेफ स्कुल गेटनेर खोल्सामा सडक भासिएको छ’ उनले भने, ‘खोल्साको बाढीले ११ किलो बजारका दुई वटा घर जोखिम भएको छ। खोल्सामा ह्युमपाइप राखेर बाटो खुलाउने प्रयास भइरहेको छ।’आठकिलोमा पनि पहिरोले सडक अवरोध गरेको र खुलाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै तीन दिनदेखिको अबिरल वर्षाले बारपाक सुलीकोटका गाउँपालिकाका बिभिन्न ठाउँका ४९ घरका बासिन्दा विस्थापित भएका छन्। धेरै ग्रामीण सडक अवरुद्ध भएका छन्। लघु जलविद्युतका कुलोहरु पुरिएका कारण विद्युत गाउँबस्तीमा विद्युत तथा सञ्चार सेवा पनि अवरुद्ध भएको गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए।
वडा नम्बर १ को तसरागाउँका १० घर यसअघिदेखि नै विस्थापित भएका अध्यक्ष भट्टले बताए। त्यस्तै वडा नं ३ को चिसापानी आशाभित्ताका तीन घर बिस्थापित भएका छन्। वडा नं ४ को नालपाङका दुईघर, जेडाँडाका एक घर र सौरपानी भञ्ज्याङका दुई घर बिस्थापित भएका अध्यक्ष भट्टले जानकारी दिए।
त्यस्तै वडा नं. ५ का डुम्रीस्वाँरा, ढकालगाउँ र थालेका तीनघरका बासिन्दा पनि बिस्थापित भएका छन्। वडा न. ६ मसारका छ घरबा बासिन्दा बिस्थापित भएका छन्। त्यस्तै वडा नं. ७ ग्याजीका तीन घर, डुम्रे, धारापानी, पारिगाउँ र बालुवाका चार घरका बासिन्दा पनि बिस्थापित भएका उनले बताए। वडा नं. ८ तीनखण्डेका सात घर, जराङ र भुजेल गाउँका छ घर र दलितगाउँका दुई घर पनि बिस्थापित भएका अध्यक्ष भट्टले बताए।
गाउँपालिकाको केन्द्र रहेको ताकुकोट र सौरपानी जोड्ने सडकका अनगिन्ती ठाउँमा पहिरो गएका कारण आवतजावत बन्द रहेको छ। त्यस्तै चनौटेबाट गाउँपालिका जाने सडक पनि पनि अवरुद्ध छ। एघारकिलो बारपाक सडकको झ्याल्ला खण्डमा ठूलो पहिरो जाँदा बारपाक सडकमा पनि यातायात नचल्ने उनले बताए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु