बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको अफिस भत्काएको छ । अवैध रूपमा निर्माण गरिएको कारण देखाउदै महानगरपालिकाले डोजर प्रयोग गरी कंगनाको कार्यालय भत्काएको हो । कंगना सरकारी सुरक्षासहित मुम्बई गएकी छिन् । उनी मुम्बई आउने क्रममा नै महानगरले उनको कार्यालयमा डोजर र क्रेन लगाएर भत्काउन सुरु गरेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कंगनाले ट्वीटर मार्फत लेखेकी छिन्,-‘मिणकर्णिका फिल्ममा पहिलो चलचित्र अयोध्याको घोषणा भयो। यो मेरो लागी अफिस नभएर राम मन्दिर हो। आज यहाँ बाबर आयो। आज इतिहास फेरि दोहोर्याइनेछ। आज भत्काइएको राम मन्दिर फेरि बन्नेछ। जय श्री राम।’ बीएमसीले अफिसको भूँईतलामा भान्सा, शौचालय, क्याबिन, पूजा कोठासहितका कयौं संरचनाको निर्माण अवैध तरिकाले गरेको दाबी गरेको छ। केही दिन अघि उनले गुण्डाभन्दा मुम्बई प्रहरीसँग बढी डर लाग्ने बताएकी थिइन्।



JUNGLE






from the
city



आफ्नो ज्यानको खतरा रहेको बताउदै उनले हिमाञ्चल प्रदेश वा केन्द्र सरकारलाई सुरक्षा दिन आग्रह गरेकी थिइन् जसमा हिमाञ्चल प्रदेश सरकारले उनलाई ११ जना सुरक्षाकर्मीसहितको वाई ग्रेडको सुरक्षा प्रदान गरेको छ।