

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अवैध लागु औषध अफिमको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।



JUNGLE






from the
city



महानगरीय अपराध महाशाखाको टोलीले सोमबार जाजरकोट घर भइ तारकेश्वर नगरपालिका ४ बस्ने २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखाकी १८ वर्षीया प्रमिला राउतलाई पक्राउ गरेको हो।
उनीहरूले अवैध रुपमा अफिम बिक्री वितरण गर्न लागेको भन्ने खबर पाएपछि महाशाखाको टोली खटिएको थियो। उनीहरूलाई प्रहरीले बिक्री वितरण गर्न लाँदै गर्दा वडा नम्बर ४ शेषमति सानोपुल नजिकबाट पक्राउ गरेको हो।
दिलीपले बोकेको कालो झोलामा खानतलासी गर्दा प्रहरीले ६ केजी ५०० ग्राम लागु औषध अफिम जस्तो देखिने खैरो पदार्थ बरामद गरेको थियो। उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको महाशाखका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।
प्ररम्भिक अनुसन्धान अनुसार उनीहरूले गाउँबाट अफिम एक लाख ५० हजारमा किनेर ल्याएको खुलेको छ। त्यस्तै उनीहरूले प्रति केजी आठ लाखमा बेच्न लागेका थिए।