अष्ट्रेलियाली सरकारले आफुले विश्वका थुप्रै मुलुकसंग कारेना भाइरस संक्रमणको आशंकामा राखिने क्वारेन्टाइन रहित यात्राको संभाव्यतालाई लिएर कुरकानी भइरहेको सोमवार जनाएको छ । तर अष्ट्रेलियाले यस्त मुलुकका सुचिमा संयुक्त राज्य अमेरिका र युरोप नपर्ने पनि जनाएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले यस्तो समझौता सबैभन्दा पहिले न्युजिल्यान्डसंग हुन लागेको जानकारी दिएका छन् । त्यसपछिका मुलुकहरुमा जापान, सिंगापुर , दक्षिण कोरिया र प्रशान्त टापु राष्ट्रहरु रहेको बताइएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोभिड १९ महामारी शुरु मात्र हुनासाथ अष्ट्रेलियाले मार्च महिनामा आफ्ना सम्पूर्ण सिमाना बन्द गरेको थियो । अहिले सम्म अष्ट्रेलियामा २७ हजार २ सय ६३ जना संक्रमित भेटिएक छन् भने ८ सय९८ जनाको ज्यान गइसकेको छ । विश्वका अन्य मुलुकका तुलनामा यसले निकै गम्भीर रुपमा सतर्कता अपनाउँदै आएको छ । तर अहिले भिक्टोरिया राज्यमा दोश्रो चरणको महामारी फेलिन थालेपछि मेलवर्न लगायत त्यसका वरपरका क्षेत्रमा अर्को नयाँ लकडाउन लागु गरिएको छ । फलस्वरुप नाटकिय ढंगले संक्रमण दर पनि घट्दै गइरहेको छ । शुक्रवारदेखि न्युजिल्याडवासीहरु अष्ट्रेलियाको बिना क्वारेन्टाइन झन्झट अष्ट्रेलियाका न्यु साउथवेलश, क्यानवेरा र नर्दन टेरिटरी जस्ता राज्यको भ्रमण गर्न सक्नेछन्



JUNGLE






from the
city


