अष्ट्रेलियामा बसेको नेपालीहरुले अब सोझै ईसेवामा पैसा पठाउन सक्ने भएका छन् । ईसेवा मनी ट्रान्सफरले अस्ट्रेलियाको लिगल रेमिटसँगको सहकार्यमा रेमिट्यान्स यस्तो सेवा सुरु गरेको हो । उक्त रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला र लिगल रेमिटको तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् । यससँगै अष्ट्रेलियाबाट नेपालीले नगद तथा कुनै पनि बैंक खातामा वा सोझै ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।
नगदमा पठाइएको रकम ईसेवा मनी ट्रान्स्फरका नेपाल भर रहेका आठ हजारभन्दा धेरै एजेन्ट तथा ईसेवा वालेट एप मार्फत प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम ईसेवा वालेटमा प्राप्त गर्दा ५५ रुपैयाँ अतिरिक्त रुपमा क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185