अस्ट्रेलियामा करिब पाँच महिनापछि पहिलोपटक स्थानीय तहमा कुनैपनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा शून्य संक्रमण देखिएको समाचार माध्यम बीबीसीले जनाएको छ। अष्ट्रेलियाको भिक्टोरिया राज्य, जसलाई कोरोना भाइरस संक्रमणको दोस्रो लहरको केन्द्रबिन्दु मानिएको थियो। ११२ दिनको लकडाउनपछि लगातार दोस्रो दिन शून्य संक्रमणको रेकर्ड गरेको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसबीच, अष्ट्रेलियाको स्वास्थ्य अधिकारीहरु आगामी दिनहरुमा प्रतिबन्धहरुलाई कम गर्न सकिने बताएका छन् । लगातार दोश्रो दिन सम्म शुन्य संक्रमण देखापरेपछि अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले सामाजिक संजाल ट्वीटर मार्फत अष्ट्रेलियाका नागरिक, स्वास्थकर्मी, जनस्वास्थ्यकर्मी लाई धन्यवाद दिएका छन्। कोरोना भाइरसको महामारी फैलिएसँगै अष्ट्रेलियामा अहिलेसम्म २७ हजार ५ सय ९५ जनालाई संक्रमण पुष्टि भएको छ भने मृत्युहुनुको संख्या ९०७ जना रहेका छन्।



JUNGLE






from the
city


