अस्ट्रेलियाले जित्यो एकदिवसीय सिरिजको उपाधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

तीन खेलको एकदिवसीय सिरिजको उपाधि अस्ट्रेलियाले जितेको छ । बुधबार राति भएको सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई ३ विकटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इङ्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९।४ ओभरमा मात्र ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अस्ट्रेलियका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतकीय पारी खेल्दै टोलीलाई जित दिलाए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै १०८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै क्यारीले ११४ बलमा ७ चौका र २ छक्काको मद्दतमा १०६ रन जोडे । डेभिड वार्नरले ३२ बलमा तीन चौकासहित २४ रन जोड्दा मार्नुस लबुसचङ्गेले २० र आरोन फिन्चले १२ रन जोड्न सफल भए । त्यस्तै मिचेल स्टार्क ११ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । इङ्ल्यान्डका लागि क्रिस वोक्स र जोए रुटले समान दुई दुई तथा आदिल रासिद र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा सात विकेट गुमाउँदै ३०२ रन जोडेको थियो । इङ्ल्यान्डको विशाल योगफल खडा गर्न जोनी बेयरस्टोले शतकीय पारी खेले । उनले १२६ बलमा १२ चौका र दुई छक्काको मद्दतमा ११२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै साम बिलिङ्स र क्रिस वोक्सले अर्धशतकीय पारी खेले । बिलिङ्सले ५८ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ५७ रनको योगदान दिएका थिए । वोक्स ३९ बलमा ६ चौकाको मद्दतमा ५३ रनमा अविजित रहे ।

कप्तान इओन मोर्गले २३, टोम कुरान १९ र अदिल रासिदले ११ रन जोडेका थिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र आदम जम्पाले समान तीन तीन विकेट लिए । त्यस्तै पाट कुमिन्सले एक विकेट लिएका थिए । सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने दोस्रो खेल घरेलु टोली इङ्ल्यान्डले जितेको थियो । यसअघि भएकोे तीन खेलको टी–ट्वान्टी सिरिज भने इङ्ल्यान्डले जितेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु