कुनै समय होन्डा एक्सएल, मोटोअपा र हार्टफोर्ड जस्ता डर्ट मोटरसाइकलले नेपाली युवाको मन जित्न सफल भएका थिए भने अहिले बजारमा थुप्रै कम्पनीले इन्ट्री लेवल डर्ट बाइक बिक्री गर्दै आएका छन् । नेपालमा अहिले २ लाख ६९ हजार रुपैयाँ देखिनै डर्ट बाइक किन्न सकिन्छ । बजारमा होन्डा, क्रसफायर जस्ता महंगो मूल्यदेखि यामाहा, मोटरहेड, क्लेभल्याण्ड, हिरो, रनर जस्ता कम्पनीले डर्ट र सेमी डर्ट मोटरसाइकल बिक्री गर्दै आएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एडभेञ्चर राइडिङ मन पराउने युवाहरुको विशेष रोजाइमा पर्ने यस्ता मोटरसाइकल मूल्यको हिसावले पनि ४ लाखभन्दा कममा किन्न पाईन्छ । क्लेभल्याण्ड एफएक्सआर १२५, मोटरहेड सिआरएफ स्पोट्स २५०, हिरो एक्सपल्स २००, यामाहा एक्सटीजेड १२५ र रनर हक २०० नेपालमा बिक्री हुने कम मूल्यका अफरोड मोटरसाइकल हुन् । अमेरिकी कम्पनी क्लेभल्याण्डको एफएक्सआर १२५ मा दिएको दशैं अफरको कारण यसलाई ग्राहकले २ लाख ६९ हजार रुपैयाँमा नै खरिद गर्न सक्ने छन् । त्यसैगरि मोटरहेड सिआरएफ स्पोर्टस्को मूल्य ३ लाख ६० हजार रुपैयाँ तोकिएको छ । हिरो एक्सपल्स २०० को मूल्य ३ लाख ८८ हजार रुपैयाँ तोकिएको छ भने, रनर हकको मूल्य ३ लाख ९९ हजार तोकिएको छ । तर, कम्पनीले यसलाई २० हजार छुटसहित २ दाख ७९ हजारमा बिक्री गर्दै आएको छ । यामाहा एक्टीजेड १२५ को मूल्य भने ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम रकम खर्च गरेर अफरोड यात्रामा जान मिल्ने मोटरसाइकल खोज्ने युवाहरुले इन्ट्री लेवल सेग्मेन्टका डर्ट मोटरसाइकल किन्ने गरेका छन् ।



JUNGLE






from the
city



क्लेभल्याण्ड एफएक्सआर १२५ मा १२३.७ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ७ बीएच पावर र ७ एनएमको टर्क उत्पादन गर्छ । त्यस्तै मोटरहेड सिआरएफ स्पोर्टस् २५० मा २५० सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १६.७ बीएच पावर तथा ६५०० आरपीएममा १७ एनएम टर्क जेनेरेट गर्छ । अहिले सर्वाधिक सफल हिरो एक्सपल्समा रहेको २०० सीसी क्षमातको इन्जिनले १७.८ बीएच पावर तथा १६।७ एनएम टर्क जेनेरेट गर्छ भने रनर हकमा रहेको २०० सीसी इन्जिनले १४ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यामाहा एक्सटीजेड १२५ मा रहेको इन्जिनले १२ पीएस पावर र ११.६ एनएम टर्क प्रदान गर्छ ।