‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी, टपअप गर्ने एक जनालाई मोबाइल उपहार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यससहित एप डाउनलोड गरेर आफैं वा एजेन्डको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वित हुँदै आएका छन् । डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप(अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना अक्टोबर १५ सम्म कायम हुनेछ । विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको जनाएको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो । एप मार्फत प्राप्त गर्न सकिने सेवालाई विविधीकरण गर्दै सेवाग्राहीहरूको मागअनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तरअगाडि बढिरहेको जनाइएको छ ।
पछिल्लो समयमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण सामाजिक दूरी कायम गर्नुपर्नेजस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्सलगायत थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पुर्याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्न ‘आइएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु