इराकको बगदादमा गराइएको दुईवटा आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। बिहीबार भएको विस्फोटमा हालसम्म ३२ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ। सुन्नी इस्लामिक समूह ‘आइएस’ले सिया मुसलमानहरुलाई निशाना बनाउँदै विस्फोट गराएका हुन्। बिहीबार भएको आक्रमण बगदादमा तीन वर्ष यताको सबैभन्दा ठूलो आत्मघाती आक्रमण हो। त्यस क्षेत्रमा २०१७ मा आइएस पराजित भएपछि बगदादमा आक्रमणको संख्या निकै घटेको थियो। आत्मघाती आक्रमणकारीहरुले तायारन स्क्वावयरमा सेकेन्ड ह्यान्ड लूगाहरुको बजारमा विस्फोट गराएका थिए। विस्फोटमा मृत्यु भएकाहरुको शव यात्रामा हजारौं मानिस सहभागी भएका थिए।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185