आइतबारको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ बहुमतले पारित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ ३२, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीककरण गर्दै व्यवसाय सुचारु गरिने बताए । संसदमा सबै दलहरु मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै उनले यसका लागि पनि सबै दलहरु मिलेर अगाडी बढ्नुपर्ने बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कडा लकडाउनका कारण बैशाख र जेठ महिनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायीक वातावरण खुला भएकोले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने बताए । अर्थमन्त्री खतिवडाले बैकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने उनले बताए । उनले जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेको बताए ।

मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्व मात्रै संकलन हुने गरेको बताए । सांसदहरुले आर्थिक विधेयकले उद्योगि र व्यापारीले अर्बौ छुट पाउने र गरिब मजदुर किसानहरु महंगिमा पर्ने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु