सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । आर्थिक रुपले विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्नेहरु, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गर्ने तर उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस्तै सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि सबै कोभिड अस्पताल तथा कोरोनाको उपचार गर्ने सूचीकृत अस्पतालको फार्मेसीबाट किन्न सक्ने व्यवस्था गरेको जनाएको छ । यसैगरी यसअघि निजी तथा सामुदायिक अस्पतालले ५० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउनुपर्ने व्यवस्था रहेकोमा अब सबै अस्पतालले ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ ।यस्तै यसअघि लक्षण हराएका सङ्क्रमितको १० दिनमा पीसीआर परीक्षण गरेर वा १४ दिनमा त्यत्तिकै डिस्चार्ज गर्ने गरेकोमा अब लक्षण हराएका सङ्क्रमितहरुलाई सङ्क्रमण पुष्टि भएको १० औँ दिनमा डिस्चार्ज गर्ने भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यसरी डिस्चार्ज भएकाहरु सात दिन अनिवार्य होम आइसोलेशनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।



JUNGLE






from the
city


