श्रावण ११, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले
स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।