आइपिएलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोरको सहज जीत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सहज जीत हात पारेको छ । सातौं जीत निकाल्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हरायो । खराब प्रदर्शन गरेको कोलकाताले दिएको ८५ रनको सामान्य लक्ष्य बैंगलोरले १३.३ ओभरमा केवल २ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर देवदत्त पडिक्कलले सर्वाधिक २५ रन बनाए भने गुरकिरत सिंह मान २१ रनमा अविजित रहँदा कप्तान विराट कोहलीले पनि अविजित १८ रन बनाए । कोलकाताका लकी फर्गुसनले १ विकेट हात पारे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । सुरुवातदेखि नै धर्मराएको कोलकाताको पारीलाई कप्तान इयान मोर्गानले केही हदसम्म भएपनि सम्हाले । मोहम्मद सिराजले एकै ओभरमा राहुल त्रिपाठी र नितिश राणालाई आउट गरेपछि दबाबमा आएको कोलकाताका ओपनर शुभमन गिल पनि आउट भएपछि कोलकाता ३-३ को अवस्थामा पुगेको थियो । त्यसपछि टम बेन्टन दिनेश कार्तिक र प्याट कमिन्स पनि सस्तैमा आउट भएपछि कोलकाता ४०(६ को दयनीय अवस्थामा पुग्यो । कप्तान इयान मोर्गानले सर्वाधिक ३० रन बनाए । कोलकातालाई सस्तैमा समेट्न बेंगलोरका मोहम्मद सिराजले ३, युजुभेन्द्र चहलले २ तथा नवदीप सैनी र वासिङटन सुन्दरले १-१ विकेट लिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जीतसँगै १० खेलमा १४ अंक बटुलेको बैंगलोर अंकतालिकाको दोस्रो स्थानमा उक्लन सफल भएको छ भने पराजित कोलकाता १० खेलबाट १० अंकसहित चौथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार बेलुका राजस्था रोयल्स र सनाइजर्स हैदराबादबीच प्रतिष्पर्धा हुनेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु