किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको हो। पञ्जाबको यो लगातार तेस्रो जित हो भने जारी आइपिएलमा चौथो जित हो। यसअघि पञ्जाबले आठौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको थियो भने नवौं खेलमा मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको थियो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
१६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले १९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो। पञ्जाबका लागि निकोलस पुरनले विष्फोटक ब्याटिङ गरे। उनले २८ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै, ग्लेन म्याक्सवेलले ३२ रन बनाउँदा क्रिस गेलले आक्रमक खेल्दै मात्र १३ बलमा २९ रन बनाए। बलिङमा दिल्लीका कागिसो रबडाले दुई विकेट लिए



JUNGLE






from the
city



यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६४ रन बनायो। दिल्लीका लागि ओपनर शिखर धवनले शतकीय पारी खेले। उनले ६१ बलमा १२ चौका र तीन छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए। उनकै उत्कृष्ट प्रदर्शनमा दिल्लीले पञ्जाबलाई मध्यम लक्ष्य पेश गरेको थियो। शिखरको यो जारी आइपिएलमा लगातार दोस्रो शतक हो। यसअघि दिल्लीले चेन्नाई सुपर किंग्सलाई पाँच विकेटले पराजित गर्दा शिखर धवनले १०१ रन बनाएका थिए। दिल्लीका लागि कप्तान श्रेयस ऐयर र रिषभ पन्तले समान १४–१४ रन बनाउँदा सिमरन हिटम्यरले १० रनको योगदान दिए। बलिङतर्फ पञ्जाबका मोहम्मद शामीले दुई विकेट लिए।
यो जितसँगै पञ्जाब लिगको पाँचौं स्थानमा उक्लिएको छ भने प्लेअफमा पुग्ने सम्भावनालाई पनि बढाएको छ। १० खेल खेलेको पञ्जाबले चार खेलमा जित र ६ खेलमा हार ब्यहोर्दै आठ अंक बनाएको छ। शीर्ष स्थानमा रहेको दिल्लीले भने दोस्रो स्थानको मुम्बईसँग चार अंकको अग्रता बनाउने मौका गुमाएको छ। १० खेल खेलेको दिल्लीको सात खेलमा जित र तीन खेलमा हारसहित १४ अंक छ। दोस्रो स्थानमा रहेको मुम्बईको ९ खेलमध्ये ६ खेलमा जित र तीन खेलमा हारसहित १२ अंक छ। तेस्रो स्थानमा ९ खेलबाटै १२ अंक बनाएको रोयल च्यालेन्जर्स बैंग्लोर रहँदा चौथो स्थानमा कोलकाता नाइट राइडर्स छ।