आइपीएलमा चेन्नई सुपर किंगसलाई पराजित गर्दै राजस्थानको विजयी सुरूवात

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको चौथो खेलमा चेन्नई सुपर किंगस पराजित भएको छ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई हराएको महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई स्टेभन स्मिथको कप्तानीको राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको हो । राजस्थानले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा २१६ रन बनायो । सन्जु साम्सनले ३२ बलमा ७४ तथा स्मिथले ४७ बलमा ६९ रन बनाए । दोस्रो विकेटका लागि दुवैले १२१ रनको साझेदारी भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साम कुरानले ३ विकेट लिए । जवाफमा चेन्नईले ६ विकेटको नोक्सानीमा २०० रन मात्रै बनायो । फाब दु प्लेसिसले ३७ बलमा ७२ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । त्यस्तै कप्तान धोनीले १७ बलमा नटआउट २९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । राहुल तेवातियाले ३ विकेट लिए । ८ टिम सहभागी प्रतियोगितामा राजस्थान, रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स पहिलो खेलमै जित हासिल गर्दै क्रमशः पहिलोदेखि तेस्रो स्थानमा छन् । २ खेलबाट १ खेल जितेको चेन्नई चौथो स्थानमा छ । किंगस इलाभेन पञ्जाब, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद पराजित भएका छन् । कोलकाता नाइट राइडर्सले भने अझै खेलेको छैन । पहिलो खेलमा कोलकाताले बुधबार बेलुकी ७ः४५ बजे मुम्बई इन्डियन्ससँग खेल्दैछ । खेल अबुधाबीको शेख जायेद स्टेडियममा हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु